Love marriage is better than arranged.....


Whether you're single, dating or have already found your dream man or woman, the battle between love and arranged matrimony seems to be a never ending tussle. While both love and arranged marriages possess their own advantages and disadvantages, the question that lingers in an urban Indian context, where the marriage scenario has undergone a drastic change is - are love marriages proving to be more successful than arranged marriages? Are couples already in love more compatible than the ones who barely know each other? Or is it still better for young couples to let their parents decide who will be best suited for them?

प्रेम, सेक्स, विवाह , राजनीति अनि मेलिना

मेलिना मानन्धर, नेपाली चलचित्र आकाशमा सुन्दर, बौद्धिक, जुझारु र मिलनसार भई चम्किएकी छिन् । उनको करिश्मायुक्त व्यक्तित्वबाट आकषिर्त हुनेको कुनै कमी छैन । सहकर्मीहरु पनि उनको इष्र्या गर्छन् । हसिली र फरासिली छिन् । 'विवाहको प्रस्तावको ओइरोले पानी पानी भयो मेरा जीवन,' मेलिना भन्छिन् । मोडलिङको संसारमा पनि धमाका मच्चाएर अन्य मोडललाई पानी पानी बनाइदिइन् ।

रिपोर्र्टर्स नेपालका लागि ऋषि धमलाले उनीसंग प्रेम, यौन, विवाह, चलचित्र र राजनीतिबारे प्रश्न सोधे । प्रश्नको प्रहारले उनी आफै पानी पानी भइन् ।

प्रेमबारे मेलिना

उनी भन्छिन् 'प्रेम आत्माहरुको मिलन हो । प्रस्तावहरु धेरै आए तर खेर गए । बाबुआमा, आफन्त, केटासाथी, समाजलाई गर्ने प्रेम भिन्न हुदोरहेछ । प्रेम शब्द सुन्दानै अनुभूतीको संसारमा हराए जस्तो लाग्छ । प्रेम अनुभव हो जसले मान्छेलाई पृथक बनाउसक्छ ।'


सेक्सबारे मेलिना


'सेक्स के हो -' अकस्मातको प्रश्नबाट उनी झसंग मात्र भइनन् आक्रोशित पनि भइन् । नारीको लजालु स्वभाव र रिसालु अनुहार एकसाथ प्रकट भयो । धर्ैय हुदै उनले भनिन्,'ऋषिजी यो प्रश्न सोध्ने हिम्मत कसरी गर्नुभयो -' सामाजिक नियमका सामु पराधिन हुन चाहिनन् उनले र भनिन्,'सेक्स मानवीय आवश्यकता हो । समाजअनुसार यसको व्याख्या हुन्छ र गरिन्छ । तर आवश्यकतालाई व्यक्त गर्न समाजले रोक्छ । त्यसैको आधारमा समाज अनुशासनको दायरमामा रहन्छ ।' तपाईले सेक्स अनुभव लिनुभएको छ भन्दा उनी झोक्किइन्,' यस्तो प्रश्न सोध्न मिल्दैन । तपाईचाहिं भन्नसक्नुहुन्छ -'

सामाजिक मर्यादाको आडम्बरलाई नाघेर उनले उत्तर त दिइनन् तर यौन अनुभव छैन भन्न सकिनन् । यौन अनुभव भएको स्वीकारोत्ती घुमाउरो पाराले गर्दै भनिन्,'मन मिल्छ भने विवाह अघि सेक्स गर्दा फरक पर्दैन । मेरो समाज सेक्सका बारेमा संवेदनशील छ । समाजको अनुशासनभित्र बस्ने नारी हुं म । त्यसैले कोसंग सम्बन्ध भयो भन्ने प्रश्नै नगर्नुहोस् ऋषिजी ।' पश्चिमा मुलुक यौनबारे खुल्ला हुदैगएपनि नेपाली समाजले पचाउन नसक्ने उनको जिकिर छ । उनी भन्छिन्,' विवाह नगरी या एकभन्दा बढीसंग यौनसम्बन्ध राख्ने कुरालाई समाजले मान्यता दिदैन ।'

Comments

Popular Posts